यु१९ महिला विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

NAWALPUR TIMES

यु१९ महिला विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
u19 asia cuo bJH3Es5gJV

कावासोती । १९ वर्षमुनिको महिला टी२० विश्वकपको एसिया छनोटमा आज नेपालले थाइल्यान्डसँग खेल्दैछ। खेल युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट स्पोर्ट्स क्बलमा दिउँसो सवा ३ बजेदेखि शुरू हुनेछ।

आयोजक युएई, थाइल्यान्ड, नेपाल र कुवेत गरी चार टोली रहेको टोलीको विजेता टोलीले १८ जनवरी २०२५ देखि मलेसियामा हुने १९ वर्षमुनिको महिला टी२० विश्वकपमा सहभागी हुनेछ। जारी प्रतियोगितामा हरेक टोलीले अर्को टोलीसँग दुई–दुई खेल खेल्नेछ। हरेक दिन दुई खेल हुनेछ।

यसको टेबलको टपमा रहने टोलीले प्रतियोगिता जित्दै अष्ट्रेलिया, बंगलादेश, स्कटल्यान्ड भएको समूह ‘डी’मा स्थान बनाउनेछ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology