विश्वकप लिग-२: जारी सिरिजको अन्तिम खेलमा स्कटल्यानडसँग खेल्दै नेपाल

NAWALPUR TIMES

विश्वकप लिग-२: जारी सिरिजको अन्तिम खेलमा स्कटल्यानडसँग खेल्दै नेपाल
465008021 985107896978924 2388208332688681681 n

कावासोती । विश्वकप लिग-२ मा आज नेपालले जारी सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

स्कटल्यान्डविरुद्धको जारी सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल सोही लयलाई कायम राख्दै कम्तीमा २ जित निकाल्ने लक्ष्यमा छ।

जारी सिरिजमा स्कटल्यान्डले अमेरिकासँगको दुबै खेलमा जित निकाल्दा नेपाल अमेरिकासँग दुबै खेलमा पराजित भयो। नेपालले स्कटल्यान्डलाई भने एक खेलमा हराएको छ। आजको खेलमा नेपालले अमेरिकालाई पराजित गरेमा सबै टिमले जारी सिरिजमा २-२ जित निकाल्ने छन्।

नेपाल स्कटल्यान्डविरुद्ध पछिल्ला ३ खेलमा अपराजित छ। लिग २ को अघिल्लो संस्करणमा २ खेलमा अपराजित नेपालले यो संस्करणको पहिलो खेलमा पनि स्कटल्यान्डलाई हरायो।

नेपाल र स्कल्यान्डबिचको खेल राति १०:१५ बजे ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम टेक्सासमा हुने छ। जारी लिग अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड भने १३ अङ्क बनाएर अङ्क तालिकाको तेस्रो स्थानमा छ।

नेपाल ११ खेलबाट ५ अङ्कका साथ सातौं स्थानमा छ। ९ खेलबाट ४ अङ्क बनाएको युएइ अङ्क तालिकाको पुछारमा छ।

नेपाललाई अघिल्लो खेलमा हराएको अमेरिका भने १२ खेलबाट १६ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology