१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्री पौडेलको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक ११ गते १७:०६
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्री पौडेलको निर्णय
images 1

कावासोती  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले सरकारी अस्पतालहरू – कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्री पौडेलको सचिवालयका अनुसार, आउँदो मंसिर १ गतेदेखि उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ ।

प्रकाशित : २०८१ कार्तिक ११ गते १७:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI