नवलपुरको मध्यविन्दुमा पोथी गैँडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक ५ गते १८:१०
नवलपुरको मध्यविन्दुमा पोथी गैँडा मृत फेला

कावासोती। नवलपुरको मध्यविन्दु-१२ मा पोथी गैंडा मृत फेला परेको छ ।

अन्दाजी ३/४ वर्षको पोथी गैँडा अरुणखोला दोभानमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

उक्त  गैँडा जंगलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण  गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको मगरले जानकारी दिए । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाईएको छ ।

यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको संख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।

प्रकाशित : २०८१ कार्तिक ५ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI