अमेरिका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्विप

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक ५ गते ९:१४
अमेरिका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्विप

कावासोती । अमेरिका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले उसकै घरमा क्लिन स्विप गरेको छ । सोमबार बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज क्लिन स्विप गरेको हो ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रन बनाए । ५० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९,  कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । हर्मीत सिंह १० रनमा नटआउट रहे ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २७ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै, रिजन ढकाल र लिलित राजवंशीले समान एक/एक विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

प्रकाशित : २०८१ कार्तिक ५ गते ९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI