काभा पुरुष यू–२० भलिबल च्याम्पियनसीप उपाधिका लागि आज नेपाल उज्वेकिस्तानसँग खेल्दै

NAWALPUR TIMES

काभा पुरुष यू–२० भलिबल च्याम्पियनसीप उपाधिका लागि आज नेपाल उज्वेकिस्तानसँग खेल्दै
Vollyball pEckJWuxnc

कावासोती । काभा पुरुष यू–२० भलिबल च्याम्पियनसीप उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान भिड्दैछन्।

श्रीलंकामा यी दुई टोलीबीचको फाइनल खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।  शुक्रबार भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

स्पाइक र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली युवा टोलीले डिफेन्समा समेत सुधारिएको प्रदर्शन गर्यो।  पहिलो सेट २५–१४ ले जितेको नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।

नेपाल पाँच खेलमा १० अंक सहित लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। उज्वेकिस्तान लिगको विजेता हुँदै अघि बढ्यो।  तुर्केमेनिस्तानको पाँच खेलमा १० अंक रहेपनि हेड टु हेडमा नेपालले बाजी मार्यो।

लिग चरणका अघिल्ला खेलमा नेपालले माल्दिभ्स र श्रीलंकालाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology