हात्तिको आक्रमणबाट सौराहामा एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १७ गते २१:०७
हात्तिको आक्रमणबाट सौराहामा एक जनाको मृत्यु

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा आज(विहिवार)साँझ सात बजे जंगली हात्ती  गोविन्देको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो ।

‘बाहिरबाट सामान किनेर दुई जना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रैछ । सिमलको रुखमा लकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ सात बजे एक जना कर्मचारीको मत्यु भयो’- चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने ।

उनी पछुवा पदमा कार्यरत थिए । पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए । अर्का एक जना भने भागेर बाच्न सफल भएको उनले जानकारी दिए ।

प्रकाशित : २०८१ असोज १७ गते २१:०७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI