किंग सिटीमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । त्यसमा गुल्सन झाले सर्वाधिक ४० रन बनाए । उनले १७ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । उनी नटआउट रहे र ‘प्लेयर अफ द म्याच’ पनि रहे । कुशल मल्लले भने ३० रनको योगदान गरे ।
जवाफमा ओमानले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । त्यसमा शोएब खानले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । रफुल्लाहले ३३ रन जोडे ।
नेपालको बलिङ आक्रमण भने धारिलो रह्यो । करण केसीले तीन विकेट लिए भने कुशल र गुल्सनको नाममा एक/एक विकेट रह्यो ।
Facebook Comment