कावासोती । हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको बुधबारको खेलमा एभरेस्ट क्लब चितवन विजयी भएको छ । आयोजक युनाईटेड युवा क्लब गिरुबारीलाई २-१ गोल अन्तरले पराजित गर्दै एभरेस्ट क्लब चितवन गोल्डकपको दोश्रो चरणमा प्रवेश गरेको हो ।
बिहिबारको खेल सेन्टर कलेज २८ बिगाहा र नवलपुर ११ बिच हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।
प्रकाशित : २०८१ भदौ १९ गते १९:०३
Facebook Comment