रवि लामिछानेविरुद्ध मुद्दा चलाउने तयारी !

NAWALPUR TIMES

रवि लामिछानेविरुद्ध मुद्दा चलाउने तयारी !
rabi lamichhane 1724409191

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले मुद्दा चलाउने तयारीमा जुटेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा नाम जोडिएका लामिछानेलाई पनि अभियुक्त बनाउँदै मुद्दा चलाउने तयारी भएको हो ।

सहकारी ठगी प्रकरणमा संलग्न अन्य सञ्चालक–पूर्वसञ्चालकविरुद्ध मुद्दा चलिसकेको छ ।  तर, लामिछाने तत्कालीन गृहमन्त्री भएका कारण उनीविरुद्ध लामो समयसम्म प्रहरीले अनुसन्धान गर्न सकेको थिएन ।

उनी गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको हो । जाहेरी परेको केही समयमै लामिछाने गृहमन्त्री भएपछि अनुसन्धान नै प्रभावित भएको थियो ।  कास्की प्रहरीले गत १० भदौमा लामिछानेसँग काठमाडौंकै प्रहरी कार्यालयमै बोलाएर सोधपुछ समेत गरेको छ ।-बाह्रखरी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology