हुप्सेकोटमा हुने”३८ औं युनाईटेड गोल्ड कप”को तयारी पूरा ,शुक्रवार उद्घाटन हुने

NAWALPUR TIMES

हुप्सेकोटमा हुने”३८ औं युनाईटेड गोल्ड कप”को तयारी पूरा ,शुक्रवार उद्घाटन हुने
Screenshot 2024 08 22 11 36 08 48 be80aec1db9a2b53c9d399db0c602181

कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कपको तयारी पूरा भएको छ ।

युनाईटेड युवा क्लब गिरुवारीद्वारा आयोजित युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३८ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा १६ वटा फुटबल क्लब सहभागी हुने खेल संयोजक हरि थापाले बताए । थापाका अनुसार खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको छ ।
शुक्रबार दिउँसो ३ बजे भब्य समारोहका बिच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर भट्टराईले प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम रहेको थापाले बताए ।
बसन्तपुर फार्मेसी र चोरमारा युवा क्लब चोरमारा बिच उदघाटन खेल हुने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक थापाका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत नगद ८ सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।


यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशि खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको क्लबका कोषाध्यक्ष धन बहादुर गुरुङले बताए ।

 

निरन्तर ३८ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology