एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १२ गते ७:११
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी झाँक्री पराजित

कावासोती । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेकाे थियाे । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् ।

अन्तिम मतपरिणाम औपचारिकरूपमा भने सार्वजनिक गरिएको छैन ।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गए राति सुरु भएको थियो ।

प्रकाशित : २०८१ भदौ १२ गते ७:११

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI