कावासोती । नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका-६ भडरा बस्ने टोलकुमारी महतोको १४ वर्षीय छोरा आर्यन महतोलाई आफनै घरमा खेल्ने क्रममा मंगलबार सर्पले डसेको थियो ।
सर्पले डसे पछि उनलाई उपचारको लागि कालीगण्डकी अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ साउन २ गते ९:०१
Facebook Comment