बिमा रकम ठगी गर्न आफ्नै पसलबाट दुई करोडको सुन चोरी

NAWALPUR TIMES

बिमा रकम ठगी गर्न आफ्नै पसलबाट दुई करोडको सुन चोरी

कावासोती । बिमा रकम ठगी गर्ने सुन पसलेले आफ्नै पसलमा चोरी गराएको खुलेको छ। चितवनको कालिका–६ खोलेसिमलस्थित सुन पसलमा भएको चोरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले सञ्चालक विनोद सुनारलाई नै पक्राउ गरेको छ।

हतियारधारी व्यक्तिहरू आएर दुई करोड १७ लाख ५४ हजार रुपैयाँबराबरको सुन चोरी भएको उजुरी उनले गरेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट सुनारले नै चोरी भएको नाटक गरी बिमा रकम ठगी गर्न योजनाबद्ध रूपमा एक समूहलाई खटाएको खुलेको हो।

सिआइबीले सुन पसले सुनारसहित विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवनकुमार पासवान र अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको छ।

उनीहरूमध्ये विजय सुन पसलका प्रबन्धक हुन्। पवन र पूर्णबहादुरले चोरी गरेको र अन्जनाले सो सुन लुकाउन सहयोग गरेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology