जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सातजना घाइते

NAWALPUR TIMES

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सातजना घाइते
accident bus

कावासोती । गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

सोमबार बिहान चन्द्रकोटबाट  बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको जिप कालिगण्डकी गाउँपालिका वडा नं. ४ ओक्याङ स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको हो।

आफै अनियन्त्रीत भई सडकदेखि अन्दाजी ४ सय मिटर तल जिप खस्दा सत्यवती गाउँपालिका वडा नं. ८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको हो।

प्रहरी चौकी पुर्तिघाटका अनुसार जिप दुर्घटनामा परी ७ जना यात्रु घाइते भएका छन्।

घाइतेहरुमा सत्यवती वडा नम्बर ८ भार्सेकी ३७ वर्षीया रिता छन्तेल, उनकी छोरी ४ वर्षीया इरिसा, ७५ वर्षीय टेक बहादुर कला, २३ वर्षीय मेख बराल, २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपति बराल र  चालक २९ वर्षीय केशव राना रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology