वार्मअप खेलमा आज नेपाल र अमेरिका खेल्दै

NAWALPUR TIMES

वार्मअप खेलमा आज नेपाल र अमेरिका खेल्दै
nepal 10 1024x683 1

कावासोती । ट्वान्टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग खेल्न लागेको हो ।

खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology