गोरु तस्करीका लागी प्रयोग हुँदै काली गण्डकी कारिडोर

NAWALPUR TIMES

गोरु तस्करीका लागी प्रयोग हुँदै काली गण्डकी कारिडोर
ox 1

कावासोती । पूर्व पश्चिमा बुटवल नारायणघाट सडकमा प्रहरीको कडा चेकिङ र स्थानीयले खबरदारी बढाउदै जान लागे पछि गोरु तस्कर गर्नेहरुले लागी पछिल्लो समय कालीगण्डकी करिडोरको प्रयोग गर्न लागेका छन ।

गत वैशाख २० गते कालीगण्डकी करिडोरको प्रयोग गरेर दाङबाट पूर्वी नेपाल हुदैँ बंगलादेश सम्म लैजादै गर्न लागिएका २ ट्रक गोरु नवलपुरका पत्रकारहरुको सूचनाको आधारमा नवलपुर प्रहरीले ट्रक सहित पक्राउ गरेर पशु क्वारेन्टाईन पठाएको घटना सार्वजनिक भए सँगै गोरु तस्करीमा काली गण्डकी करिडोरको राम्दी गैडाँकोट खण्ड प्रयोग हुदैँ आएको तथ्य सार्वजनिक भएको हो भने बिहिबार ( हिजो ) पाल्पाको रामपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

माथीका दुवै घटनामा पत्रकार र स्थानीयले निगरानी बढाए सँगै प्रहरीले पक्राउ गरेको हो । विशेष गरेर करिडोरको बाटो भएर रातीको समय दैनिक ४ देखि ५ वटा ट्रक गोरुहरु यहिबाटो भएर लैजाने गरेका बौदीकालीका स्थानिय उज्जवल ओझाले बताए ।
भारतीय गोरुलाई भन्सारमा हिँडाउँदै नेपाल भित्राउने र रुपन्देहीको बुटवल, पाल्पाको राम्दी हुदैँ कालीगण्डकी करिडोरको बाटो भएर चितवन हुदैँ नेपालको पूर्वी नाकाबाट गोरु बंगलादेश तर्फ तस्करी हुने गरेको स्रोतले बतायो । तस्करहरूले कागजपत्रसमेत बनाउने, अदालतको आदेश, कर तिरेको राजश्व अनुसन्धान विभागको (भिसिटिएस) समेत लिएर गोरु पठाउने गर्छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले आवश्यक पर्ने सबै निकायमा दर्ता गरेर पूर्व झापादेखि पश्चिमसम्म नै खरिद बिक्री गर्न पाउने कागजपत्र बनाएका छन् । पशु चौपाया खरिद बिक्री केन्द्रका नाममा विभिन्न सरकारी निकायमा दर्ता गरेका प्रमाणपत्रसमेत साथमा लिएर गोरुको तस्करी भइरहेको हो । ‘हामीले आफ्ना मातहतमार्फत् धेरै पटक पक्राउ गरियो,’ पाल्पा प्रहरी प्रमुख चन्दले भने, ‘तर सबै कागजपत्र पु¥याएर आउने गरेका छन् । त्यसपछि हाम्रो कुनै उपाय नै चल्दैन ।’

यता नवलपुर प्रहरी प्रमुख नरहरि रेग्मीले नवलपुर क्षेत्रमा निगरानी उच्च बनाइको दाबी गरे । “मुहान देखि विभिन्न कागजात बनाउदैँ रुपन्देही, पाल्पा हुदैँ आएका गोरु बोकेका ट्रकलाई हामीले नियन्त्रणमा लिएका छौँ, मुहानमै कडाई गरिदिने हो भने करिडोर सम्म आउनै पाउदैँनन ।”, रेग्मीले भने । विशेष गरेर नवलपुर र पाल्पामा पहाडी क्षेत्र बढि पर्ने र तस्करहरु रातीको समयमा सक्रिय हुने गरेको रेग्मीले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology