गुल्मीमा मलामी बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

NAWALPUR TIMES

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते
jeep ZaCNZNDEe2 a1KD7Hjhph

कावासोती । गुल्मीमा मलामी बाकेको पिकअप जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर एकजनाले ज्यान गुमाएका छन् भने सवारी चालकसहित १२ जना घाइते भएका छन्।

गएराती जिल्लाको सत्यवती गाउँपालिका-४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा लु १ च ४३२० नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सत्यवती गाउँपालिका–४ लिम्घा निवासी ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। घाइते भएका फुम्जालीको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा परेर सत्यवती गाउँपालिका-५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यस बहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन्।

गएराती भएको दुर्घटनामा ५३ वर्ष पदमबहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन्। त्यस्तै ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती गा.पा.४ लिम्घा बस्ने २९  वर्षका शंकर बि.क घाइते भएका प्रहरीले जनाएको छ। रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्कने क्रममा जीपको ब्रेक फेल भइ सडकदेखि ४० मिटर तल खसेको थियो।

घाइते भएका १२ जनामध्ये ३ जनालाई थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको छ भने ५ जना घाइतेको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ। सामान्य उपचारपछि ३ जना घाइते डिस्चार्ज भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology