नारायण शर्मा, कावासोती । पुर्व पश्चिम महेन्द्र राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले करिब एक वर्षको अवधिमा सदरमुकाम कावासोती क्षेत्रमा ७ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरेको छ ।
![महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु] 1](https://www.nawalpurtimes.com/wp-content/uploads/2024/03/IMG_20240309_130938-500x225.jpg)
जिल्ला सदरमुकाम कावासोतीको डण्डापुलदेखि पूर्व लोकाहा पुलसम्मको क्षेत्रमा कालोपत्रे गरिएको हो । गत चैत्र १२ गते कावासोती नगरपालिकाको डण्डा बजारबाट पिच निर्माणको काम थालेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले शनिबार कावासोतीको फलफुल चोकसम्म एकतर्फी सडक कालोपत्रे गरेको हो । आइतबार साँझसम्म लोकाहा पुलदेखि केही पश्चिमसम्मको भागमा कालोपत्रे हुने गरी काम भएको छ ।
![महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु] 2](https://www.nawalpurtimes.com/wp-content/uploads/2024/03/IMG_20240309_130432-500x225.jpg)
जिल्ला सदरमुकाम कावासोती बजार क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्ने भनिएपनि ठेकेदारले लापरबाही गर्दा काममा ढिलासुस्ती भएको छ । शनिबार कावासोतीमा ५ सय मिटर सडक कालोपत्रे गरेको छ ।
![महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु] 3](https://www.nawalpurtimes.com/wp-content/uploads/2024/03/IMG_20240309_130449-500x225.jpg)
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनका इन्जिनियर राकेश झाले राजमार्गमा पर्ने कल्भर्ड निर्माणको काम पुरा नगरी कालोपत्रे गर्ने काम अघि नबढने भएकाले काममा ढिलाई भएको दाबी गरे । ‘अब फटाफट काम हुन्छ,’ उनले भने, ‘आउँदो बैशाखसम्म डण्डादेखि लोकाहा पुलसम्मको दुवैतर्फ पक्की सडक निर्माण भइसक्नेछ ।’
![महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु] 4](https://www.nawalpurtimes.com/wp-content/uploads/2024/03/IMG_20240309_130229-500x225.jpg)
उनका अनुसार डण्डादेखि पूर्व थुम्सीको जंगलसम्मको करिब १८ किलोमिटर क्षेत्रमा एकातर्फी सडक कालोपत्रे गरिएको छ । बुटवल नारायणगढ १ सय १३ किलोमिटर सडक खण्डलाई दुई भागमा बाँडेर ठेकेदारले काम गरिरहेको छ- दाउन्नेदेखि पूर्व र पश्चिम ।
![महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु] 5](https://www.nawalpurtimes.com/wp-content/uploads/2024/03/received_1123189728872967-500x225.jpeg)
पूर्वी खण्डको काम कछुवा गतिले भइरहेको छ । राजमार्ग फराकिलो पार्न माटोले पुरीएको भागमा ठेकेदारले पानी नहालेका कारण राजमार्ग २४ सैँ घण्टा धुलाम्य छ । देशकै लाइफलाइन मानिने महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा दैनिक १० देखि १४ हजार वटा गाडी ओहोरादोहोर गर्छन् ।
![महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु] 6](https://www.nawalpurtimes.com/wp-content/uploads/2024/03/IMG_20240309_130441-500x225.jpg)
प्रकाशित : २०८० फागुन २६ गते १५:२५
Facebook Comment