हत्या गरेर गाडेको अवस्थामा बाघ फेला

NAWALPUR TIMES

हत्या गरेर गाडेको अवस्थामा बाघ फेला
AddText 02 24 06.02.37

कावासोती । मध्यविन्दु नगरपालिका वडा नं -१५ मा भाले बाघ हत्या गरेर  गाडिएको अवस्थामा फेला परेको छ ।

नवदुर्गा सामुदायिक वन क्षेत्रमा रहेको खोल्सामा मृत बाघ पुरेको अवस्थामा फेला परेको हो । उक्त क्षेत्रमा सिनो गन्हाएको गन्ध आए पछि वन हेरालुले डिभिजन वनमा खबर गरेका थिए। फेला परेको बाघको उत्खनन् गर्दा बाघ मारेर गाडिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटना स्थलमा प्रहरी, वनका सुरक्षाकर्मी पुगेको र मुचुल्ला भएको र बाघको आईतबार पोस्टमार्टम हुने डिभिजन वन प्रमुख वसन्त केशव अधिकारी ले बताए । उक्त बाघको संवेदनशील अंग सुरक्षित रहेको बताईएको छ ।

यस अघि नवलपुरको मध्यविन्दु-१० मा मृत अवस्थामा फेला परेको थियो । उक्त बाघको पोस्टमार्टम रिपोर्ट आईसकेकोछैन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology