कावासोती । हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाईते भएका छ्न ।
हुप्सेकोट गाउँपालिका-३ बेलहानीको भित्रि सडकखण्डमा झ्यालबासबाट गिरुवारी तर्फ जादैं गरेको लु.३६.प ५४९७ नम्बर को मोटरसाईकल चालकले नियन्त्रण गुमाएर भएको दुर्घटनामा मोटरसाईकलमा सवार परिचय नखुलेका अन्दाजी २५ वर्षका २ जना पुरुषहरु गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाएको र दुवै घाइतेको अवस्था गम्भिर रहेको छ ।
प्रकाशित : २०८० फागुन ८ गते २१:१८
Facebook Comment