कावासोतीमा ‘चरा उत्सव’ हुँदै

NAWALPUR TIMES

कावासोतीमा ‘चरा उत्सव’ हुँदै
bbbbb1706795822

कावासोती । नवलपुरको कावासोतीमा दोस्रो नेपाल बर्ड फेयर ( चरा उत्सव ) हुने भएको छ। बिहीबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरा पंक्षी समाजले आगामी माघ २६ देखि २८ सम्म चरा उत्सव गर्ने जानकारी गराएको हो।

चरा तथा चराको वासस्थान संरक्षण , जनचेतना सँगै सरोकारवालाहरूलाई जीविकोपार्जनमा टेवा पुर्याउने गरि चरा पर्यटनको विकास गर्ने मूल उद्देश्य सहित उत्सवको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक मनशान्त घिमिरेले बताएका छन्।

उनका अनुसार ३ दिन सम्म सञ्चालन हुने महोत्सवमा पंक्षी पहिचान तालिम , ट्रेल प्याकेज , फोटो प्रदर्शनी , पंक्षी कला प्रदर्शनी , पेपर तथा पोस्टर प्रस्तुति , गिद्धका गतिविधि अवलोकन तथा जङ्गल सफारी , लोक संस्कृति प्रस्तुति सहित विविध विषयमा छलफल हुनेछ।

कावासोती १३ मा हुन लागेको कार्यक्रम सन् २०२० मा नै हुने भनिए पनि कोभिडका कारण रोकिएको थियो।समाजको आयोजनामा हुने कार्यक्रमलाई जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटीको सह आयोजना तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , राष्ट्रिय प्रकृति संरक्षण कोष , नेपाल पंक्षी संरक्षण संघ लगायतको समन्वयमा गरिने भएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology