विभाग प्रमुख कंडेलले बनाए सहकारी महासंघ चुनाव परिचालन समिति

NAWALPUR TIMES

विभाग प्रमुख कंडेलले बनाए सहकारी महासंघ चुनाव परिचालन समिति
Screenshot 2024 01 03 22 44 37 42 40deb401b9ffe8e1df2f1cc5ba480b122

बुटवल, १८ पुस । राष्ट्रिय सहकारी महासंघको आसन्न महाधिवेशनलाई लक्षित गरी नेपाली कांग्रेसको सहकारी विभागका प्रमुख देवेन्द्रराज कण्डेलले केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेका छन् । कंडेलले कांग्रेस निकट सहकारीकर्मी भानुभक्त ढकाल संयोजक रहेको केन्द्रिय निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गरेका हुन् । पुस २७ र २८ गते सहकारी महासंघको साधारण सभा तथा अधिवेशन हुंदैछ ।
विभागका प्रमुख कंडेलले निर्वाचनमा पार्टीनिकट सहकारीकर्मीलाई जिताउन रणनीति बनाउन ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेर जिल्लाको सहकारी संस्था सम्बन्धी विवरण मागेका छन् । महाधिवेशनको प्रतिनिधिमा जिल्ला स्तरीय सहकारी संघहरुबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले ७७ वटै जिल्लासँग विवरण माग गरेका हुन् । पुस २३ गतेसम्म विवरण केन्द्रीय कार्यालयमा पठाउन समेत परिपत्रमा भनिएको छ ।
वचत तथा ऋण, वहुउद्देश्यी, साना किसान, विशिष्टीकृत लगायत सबै सहकारीका जिल्ला संघ, प्रदेश संघ र केन्द्रीय संघको सहभागिता हुने महाधिवेशनमा करिब ३ सय २० मतदाता हुन्छन् । यसअघि पुस ७ र ८ गते सम्पन्न वचत तथा ऋण सहकारी संघ (नेफस्कुन) को निर्वाचनमा विभाग प्रमुख कंडेलको रणनीतिले गर्दा पहिलोपटक नेपाली कांग्रेस निकट सहकारीकर्मी अध्यक्षमा निर्वाचित भएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology