छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

NAWALPUR TIMES

छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो
kutpit

कावासोती । छात्रामाथि निर्घात कुटपिट गर्ने एक शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मुद्दा चलाएको छ। जिल्लाको सरावल गाउँपालिका-७ बर्गदवास्थित कालिका इङ्गलिस बोडिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए। उनी सोही विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा हुन्।

शिक्षक यादवले छात्राकोको टाउको, पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए। कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए।

उजुरीका आधारमा प्रहरीले कुटपिट गर्न शिक्षक यादवलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। पक्राउ परेका शिक्षकमाथि बालकालिकाविरुद्धको अपराधमा मुद्दा दर्ता कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले बताए। अपराध ठहर भएमा एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

बिरामी भएर घरमा रहेकी छोरीलाई शिक्षक यादवले स्कुल किन नगएको भन्दै लछार पछार गरी विद्यालय लगेको र त्यहाँ लगेर प्लाष्टिकको पाइपले शरीरका विभिन्न ठाउँमा निल डाम हुनेगरी निर्घात कुटपिट गरेको भन्दै परिवारले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology