कावासोती । बडा दसैँको अवधिमा गत असोज २८ गते देखि कोजाग्रत पुर्णिमाको दिन सम्म्म नवलपुरमा सवारी दुर्घटना परेर ३ जनाले ज्यान गुमाएका छ्न ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यका घटस्थापना देखि कोजाग्रत पुर्णिमा सम्म विभिन्न स्थानमा भएका ७ वटा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका हुन ।
आचार्यका अनुसार पुर्व पश्चिम राजमार्गको नारायणघाट कावासोती खण्डमा पर्ने कावासोती-११ खरकट्टामा स्कुटर अनियन्त्रित भएर पल्टिदा कावासोती-२ का तिर्थराज देवकोटाको ज्यान गएको हो । चौधरी उद्योगमा कार्यरत देवकोटा डिउटी सकाएर घर फर्कने बेला दुर्घटनामा परेका थिए ।
त्यसै गरि कावासोती-१६ मा भएको सवारी दुर्घटनामा घाईते भएका ८ वर्षीय बालक प्रियान्सु केसिको पनि गत कार्तिक ४ गते ज्यान गएको छ भने मध्यविन्दुको बेलहानीमा भित्री सडकमा भएको दुर्घटनामा गोकुल परियारको ज्यान गएको हो । आचार्यका अनुसार दसैंको अवधिमा सवारी दुर्घटनामा परेर ८ जान घाइते भएका छ्न ।
सडक सुरक्षाका हिसाबले यसपालिको दसैँमा विगतका वर्षहरुमा भन्दा सडक दुर्घटनामा कम भएको प्रहरीको भनाई छ ।
दसैँ सुरु भए लगत्तै सुरु गरिएको प्रहरी चेकजाँचमा ट्राफिक नियम उल्लंघन गरेर सन्चालनमा आएका ७ सय ५ वटा सवारी साधन र मापसे गरेर सवारी चलाउने २ सय ४० जना कार्वाहीमा परेका प्रमुख आचार्यले जानकारी दिए ।
प्रकाशित : २०८० कार्तिक ११ गते १८:३३
Facebook Comment