दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले गरे बाबुको हत्या

NAWALPUR TIMES

दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले गरे बाबुको हत्या

कावासोती । लमजुङमा दाह्री काट्ने मेसिन नदिएको विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बाबुको ज्यान लिएका छन् । क्व्होलासोथार गाउँपालिका-९ टक्सारमा असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुरलाई खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले सुजनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology