कावासोती ।सरकारले आगामी बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो ।
७१ वर्षीय नेम्वाङको आज (मंगलबार) हृदयघातका कारण निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र भोलि अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय भएको छ ।
प्रकाशित : २०८० भदौ २७ गते ९:४१
Facebook Comment