काठमाडौं महानगरपालिकामा कक्षा १० सम्म दिवा खाजा

NAWALPUR TIMES

काठमाडौं महानगरपालिकामा कक्षा १० सम्म दिवा खाजा
students 1

कावासोती । काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउनेभएको छ।

महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ। महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ।

सङ्घीय सरकारले प्रतिविद्यार्थी खाजाका लागि दुर्गमबाहेकलाई दैनिक १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ। दुर्गमका विद्यार्थीलाई दैनिक २० रुपियाँ उपलब्ध गराउने गरेको छ। कामपाले १५ रुपियाँ थपेर हरेक विद्यार्थीलाई दैनिक ३० रुपियाँ दिने निर्णयसमेत गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो।

कामपाभित्र ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने छन्। उहाँका अनुसार दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology