पहिलो वार्षिकोत्सव मनाउँदै रास्वपा

NAWALPUR TIMES

पहिलो वार्षिकोत्सव मनाउँदै रास्वपा
1679661989 rsp party office 1200x560 1

कावासोती । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ। राजधानीमा औपचारिक कार्यक्रम गरी रास्वपाले स्थापना दिवस मनाउन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण  गरी रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गर््दै छ।

सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। रास्वपा सभापति रवि लामिछानेले आज साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन पनि आह्वान गरिसकेका छन्।

२०७९ साल असार ७ गते स्थापना भएको रास्वपाले पहिलो वर्ष नै राजनितिमा ठुलो फड्को मारेको छ। स्थापनाको पहिलो वर्ष नै अर्थात ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचन लडेको रास्वापाले प्रत्यक्ष र समानुपातिक र ०८० मा भएको उपचुनावमा गरी २१ सिट जितेको छ। अबको निर्वाचनमा दुई तिहाई ल्याउने अपेक्षा रास्वपाले गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology