नवलपुरमा मापसे गरेर सवारी चलाउनेलाई जरिवाना सँगै अनिवार्य सचेतना कक्षा

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ३१ गते १०:५४
नवलपुरमा मापसे गरेर सवारी चलाउनेलाई जरिवाना सँगै अनिवार्य सचेतना कक्षा
mapacha

कावासोती । नवलपुरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना सँगै अनिवार्य रुपमा एक घण्टाको सचेतता कक्षा समेत सन्चालन गर्ने भएको छ ।

असार १ गते देखि कुनै पनि सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएमा उनीहरुले ट्राफिक जरीवानाका साथै १ घण्टा सचेतना कक्षामा सहभागी हुनु पर्ने व्यवस्था सुरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पछिल्लो समय मापसे गरेर सवारी चलाउने क्रम बढे सँगै दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले यस्तो व्यवस्था सुरु गरेको हो । मापसे गरेर सवारी चलाईएको पाईएमा ट्राफिक जरीवानाका साथै १ घण्टा सचेतना कक्षामा सहभागी हुनुपर्नेछ । यसरी सचेतनामा सहभागी भएको निस्सा पश्चात मात्र सवारी साधन वा सम्बन्धित कागजपत्र प्रदान गरिने जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । सचेतना कक्षा प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहन १० बजेदेखि ११ बजेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सञ्चालन हुनेछ ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दैनिक १० देखि १५ जनाले मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका छ्न । ट्राफिक प्रहरीले पछिल्लो २ महिनामा मापसे गरेर सवारी चलाउने २ सय ३३ जनालाई कार्वाही गरेको जनाएको छ ।

प्रकाशित : २०८० जेठ ३१ गते १०:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI