कावासोती। गत शनिबार कालीगण्डकी नदिमा पौडी खेल्न जाँदा डुबेका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ३ हर्दीकेलादी स्थित काली गण्डकी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट २ का २५ वर्षका रमेश चालिसे मृत अवस्थामा भेटिएका छन् ।
गएको शनिवार अपरान्ह साथीहरुसँगै पौडी खेल्न गएका चालिसे नदीमा डुवेर बेपत्ता भएका थिए । उनको शव घटनास्थलभन्दा ३ किलोमिटर तल गैँडाकोट नगरपालिका वडा नं.१ बृटिसक्याम्प नजिकै नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
उनिसँगै बेपत्ता भएका चितवन रत्ननगरका २४ वर्षका सुरज सुवेदीको शव आइतबार फेला परेको थियो । गर्मी छल्न भन्दै नदी तथा ताल तलाउमा पौडी खेल्न जानेक्रम बढेसँगै अप्रीय घटनाहरु बढ्न थालेका छन् ।
प्रकाशित : २०८० जेठ २९ गते ९:२१
Facebook Comment