गण्डकी खेलकुद परिषदका सदस्य सचिव शर्माद्वारा समाचारको खण्डन

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ३० गते १९:१९
गण्डकी खेलकुद परिषदका सदस्य सचिव शर्माद्वारा समाचारको खण्डन
FB IMG 1683984809918

कावासोती

गण्डकी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव श्रीधर शर्माले आफ्नो सम्बन्धमा भ्रमपूर्ण समाचार प्रकाशन गरिएको भन्दै खण्डन गरेका छन । खेलकुद परिषद्को सदस्य सचिवमा हालै मात्रै नियुक्त भएका शर्माले सार्वजनिक लाभको पद ग्रहण गरेको भन्दै एक सञ्चार माध्यममा प्रकाशित समाचार आधारहिन भएको बताए ।

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा खानेपानी संस्थाको अध्यक्ष रहेका भएका शर्माले सेवासुविधा बुझिरहेको भन्ने प्रकाशित समाचारमा सत्यता नरहेको भन्दै समाचारको खण्डन गरेका हुन । अध्यक्षको रुपमा २०७९ पुस १ गतेबाट कुनैपनि सेवासुविधा नलिने गरी निर्णय भएको भन्दै उनले सदस्य सचिव पदमा दरखास्त दिदा कुनैपनि सार्वजनिक  लाभ ग्रहण नगरेको दावी गरेका छन ।

उनले समाचार प्रकाशन पूर्व सम्बन्धीत व्यक्ति स्वयम् संग समेत कुनै विषय नबुझि समाचार प्रकाशित भएको भन्दै यसबाट भ्रमित नहुन समेत अनुरोध गरेका छन । उनले खानेपानी संंस्था सेवामुलक संंस्था भएका कारण पदाधिकारीले तलब लगाएतको कुनै सेवा सुबिधा लिने नगरेको समेत प्रस्ट पारे । शर्माले बैशाख २१ गते खानेपानी संंस्थाका उपाध्यक्ष शुबासचन्द्र नेपाललाई कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गर्दै  अध्यक्षको हैसियतमा नरहने गरि संस्थाबाट अलग भएको बताएका थिए ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पनि अध्यक्षको रुपमा सेवारत रहदा  शर्माले तलब नबुझेको बिज्ञप्ति मार्फत प्रस्ट पारेको छ । संस्थाका कार्यवाहक अध्यक्ष सुबासचन्द्र नेपाल,ब्यवस्थापक(कार्यालय प्रमुख) हरि पोख्रेल,लेखापाल मन्दिरा आचार्यले संयुक्त हस्ताक्षर गरि निकालिएको बिज्ञप्तिमा अध्यक्षको रुपमा सेवारत हुँदा शर्माले तलबको रुपमा कुनै रकम नबुझेको बताईएको छ ।


नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका निवासी शर्मा हालै मात्र गण्डकी प्रदेश खेलकुद बिकास समितिको सदस्य सचिव पदमा नियुक्त भएका हुन । भलिबल संघका केन्द्रीय सचिव रहेका भएका शर्मा भलिवलको राष्ट्रिय खेल समेत खेलेका थिए ।

यस अगाडी खगराज अधिकारी नेतृत्वको प्रदेश सरकारले कार्यकर्ता पोस्ने नीति बनाएर असक्षम ब्यक्तिलाई गरेको नियुक्ती विवादित भएपछि नयाँ सरकारले शर्मालाई सदस्य सचिव नियुक्त गरेको हो ।

प्रकाशित : २०८० वैशाख ३० गते १९:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI