सिद्धबाबा सडक क्षेत्र दैनिक दुई पटक अवरुद्द हुने

NAWALPUR TIMES

सिद्धबाबा सडक क्षेत्र दैनिक दुई पटक अवरुद्द हुने
newskarkahna news485810. uB2VxP1hHp

कावासोती । बुटवल पाल्पा सिद्धवावा सडक मंगलबारदेखि अबरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनिक दुई पटक दिउँसो र राति सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए ।

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गा पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगा खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

सोमबार सरकोकारवाला निकायसंगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए।

सडक अबरुद्धका समयमा बेलवास– दोभान सडक खण्ड वैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडी र अत्यावश्यक सवारी साधनलाई उक्त वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

साथै उक्त सडकलाई व्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ ।

रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय , यातायात व्यवसायी , संचारकर्मी , लगायतको सहभागीता रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology