यस्तो हुनेछ आजको मौसम

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १७ गते ६:५६
यस्तो हुनेछ आजको मौसम
mausam 1c3a5

कावासोती  । पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश– १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभाग बताउँछ ।

वर्षा, हिमपात र शीतलहरका कारण तापक्रम घट्दै जाँदा चिसो बढेको छ । शीतलहरका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

प्रकाशित : २०७९ पुष १७ गते ६:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI