गैंडाकोटमा बाढीले ८० घर डुबायो

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २० गते १८:०४
गैंडाकोटमा बाढीले ८० घर डुबायो
IMG 20221006 WA0006

कावासोती । लगातार वर्षा पछि नारायणी नदिमा आएको बाढिले नवलपुरको गैंडाकोटमा ८० घर डुबाएको छ ।

गैंडाकोट नगरपालिका वडा नं २ मा रहेको बोटे टोलमा नारायणीको बाढी पस्दा ८० घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।

गैंडाकोट-२ का जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी को टोलिले डुबान क्षेत्रमा रहेका मानिसहरुलाई चौपाया र सरसामान सहित उद्दार गरेर अक्स्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभुत विद्यालयमा राखिएको पाठकले बताउनु भयो ।

लगातार परेको वर्षा पछि नारायणी नदिमा आएको बाढिको कारण जिल्लाका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणिका नारायणी नदि तटिय क्षेत्रका बासिन्दा जोखिममा रहेका छ्न ।

बाढिको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सजग हुन आग्रह गर्दै सुरक्षा निकायलाई तयारी मा राखेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।

प्रकाशित : २०७९ असोज २० गते १८:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI