तनहुँ २(ख) मा मगर उम्मेदवारको चर्चा, थापाले टिकट पाउने सम्भावना							
						
					
						
							
							
								 
									 NAWALPUR TIMES   
 
									प्रकाशित :  २०७९ असोज  ७ गते ८:१६
								
							 
							
						 
					 
				
				
				
					
						
							
								
									 											
												received 1138011490132776											
																			
									
									
										तनहुँः तनहुँको प्रदेश क्षेत्र २(ख)मा कांग्रेसका तर्फबाट मगर समुदायबाट उम्मेदवारीको चर्चा चलिरहँदा कसले टिकट पाउला भन्ने आँकलन भैरहेको छ । कांग्रेसले गठबन्धनको साथमा चुनाव लड्ने तयारी गरेको क्षेत्र २ अन्र्तगतको सो प्रदेश क्षेत्रमा मगर समुदायको बाहुल्यता छ । यस्तोमा पार्टी जिल्ला सभापति जीतप्रकाश आले र महाधिवेशन प्रतिनिधि चामबहादुर थापाको नाम चर्चामा छ ।
जिल्ला सभापति आले यस अघि नै प्रतिनिधि सभा सदस्यमा चुनाव लडिसकेकाले उनले प्रदेशमा चुनाव नलड्ने बताएका छन् । यस्तोमा विगतको स्थानीय चुनावमा मगर समुदायबाट प्रतिनिधित्व नभएको भन्दै विद्रोहमा उत्रिएका संविधान सभासद झुलबहादुर आलेसहितको समूहदेखि अन्य नेताले समेत मगर समुदायबाट प्रदेशमा प्रत्यक्ष टिकट दिइनुपर्ने बताइरहेका छन् । नेतृतृत्वसमेत सकारात्मक बनेको यो विषयमा टिकट पाउनेमा थापा प्रबल दाबेदार देखिएका हुन् । झुलबहादुरले समानुपातिकमा इच्छा देखाए पनि उनको नाम आएन । यस अघि ऋषिंगको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका श्रीराम आलेलाई पार्टीले कारबाही गरेको छ । जिल्ला सभापति नलड्दा मगर समुदायबाटै महाधिवेशन प्रतिनिधि थापालाई टिकट दिइनुपर्ने माग उठेको छ । तनहुँ २(क) माओवादीलाई दिने चर्चा छ । २(ख) मा गठबन्धनभित्र अनि बाहिरसमेत चाम थापाले मिलाउन सक्ने चर्चा छ । गठबन्धनलाई नै सहयोग हुने हिसाबमा थापाको उम्मेदवारी उचित भएको क्षेत्रीय प्रतिनिधि शिवहरि धिताल बताउँछन् ।
विद्रोही समूहका झुलबहादुर आलेसमेतले प्रदेशको टिकट थापालाइ दिएमा साथ रहने बताइसकेका छन् । यस्तोमा पार्टी नेतृत्वसमेत उनको नाममा सकारात्मक बनेको चर्चा चलेको छ । बोहराटारमा भएको एक छलफल तथा राजधानीका केन्द्रीय नेतृत्वको छलफलमा समेत थापाको विषयमा सकारात्मक चर्चा चलेको निकट श्रोतको भनाइ छ ।
											
											प्रकाशित :  २०७९ असोज  ७ गते ८:१६
										
										
										
	
										
										  
							 
						 
						
						 
					 
				 
				
                                                                                                    
                                             
                                            
                                            
                                            
                                            
	 
	
	 
		Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved. 
		Website by: 
SAROJ BHATTARAI
	 
 
Facebook Comment