पुर्व पश्चिम राजमार्गमा बस पल्टिँदा २० जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १ गते ९:५६
पुर्व पश्चिम राजमार्गमा बस पल्टिँदा २० जना घाईते
accident sPuNXpyuua 1

नवलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरमा शनिवार बिहान ४ बजेतिर बस पल्टिदा २० जना घाइते भएका छन।

काठमाडौंदेखि धनगढीका लागि हिडेको सुदुर पश्चिम प्रदेश ०१–००१ ख – २३– ४७ नम्बरको रात्रि बस पल्दिटा बसमा सवार २० जना घाइते भएका हुन।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना अनुसार चिप्लिएर बस अनियन्त्रित भइ बस पल्टिएको हो। बसमा सवार २० जना सामान्य घाइते भएको र उनीहरुको चन्द्रौटा स्थित संजीवनी मेडिकलमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतारामुक्त रहेको तिमिल्सिनाले बताए।

प्रकाशित : २०७९ असोज १ गते ९:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI