नवलपुर । खैरो हेरोईन सहित गैंडाकोटबाट एक जना पक्राउ परेका छ्न ।
बाँके बाट काँठमाण्डौबाट आउदै गरेको १६ च १६७३ नं को भ्यानमा सवार बर्दिया गुलरिया नगरपलिका वडा नं-१२ लालपुर बस्ने नुर आलम खालाई ९० ग्राम हेरोईन सहित पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
गैंडाकोट पुलमा भ्यान चेक जाँच गर्ने क्रममा खाँ ले लगाएको पाईन्टको बायाँ पट्टिको खल्तीमा १ पोका र आकासे रङको झोलाको भित्र सर्टमा बेरेर राखेको १ पोका गरि २ पोका लुकाई छिपाई राखेको खैरो हिरोइन ४५/४५ ग्रमाका २ पोका गरि ९० ग्राम खैरो हिरोईन पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खाँलाई गैंडाकोट प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७९ भदौ १९ गते ११:४३
Facebook Comment