प्रदेश सभा निर्वाचनका लागि नवलपुर २(ख) मा काँग्रेसबाट २० जना आंकाक्षीको आवेदन

NAWALPUR TIMES

प्रदेश सभा निर्वाचनका लागि नवलपुर २(ख) मा काँग्रेसबाट २० जना आंकाक्षीको आवेदन
1626355011nepali congress flag tree 1

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट २० जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २ (ख) का सभापति कृष्ण तिवारीका अनुसार प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ ११ जनाको उम्मेद्वारी परेको छ ।

प्रत्यक्ष तर्फ काँग्रेसका नेताहरु गणेशमान श्रेष्ठ, उदय राज अर्याल,भरत भुषाल, दोमन बहादुर भण्डारी, चन्द्र बहादुर राना, चेत प्रसाद पौडेल, टेक प्रसाद श्रेष्ठ, डा. ज्ञानेन्द्र पौडेल, राम प्रसाद महतोले उम्मेद्वारीका लागि आवेदन दिएका छन् ।

त्यस्तै समानुपातिक तर्फ समानुपातिक (पुरुष तर्फ) चन्द्र बहादुर दरै, बुद्धि सागर उपाध्याय, जोग बहादुर थारु, जिवलाल पाठक, राजेन्द्र भट्टराइ, समानुपातिक (महिला तर्फ ) विमला सापकोटा, पुनम नगरकोटी, लक्ष्मी चौधरी, गौरी वि.क., खुस्बु चौधरी, विमला वि.क.ले आवेदन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर २(ख) को शनिबार बसेको बैठकमा मंसीर ४ मा हुने निवार्चनमा उम्मेदवार बन्न चाहनेले नाम दर्ता गराएका हुन । सरकारले यही मंसीर ४ गते प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन गर्ने घोषणा गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology