काँग्रेस नवलपुर क्षेत्र नं १ ले माग्यो उम्मेदवार हुन ईच्छुकको नाम

NAWALPUR TIMES

काँग्रेस नवलपुर क्षेत्र नं १ ले माग्यो उम्मेदवार हुन ईच्छुकको नाम
1626355011nepali congress flag tree 1

नवलपुर । नेपाली काँग्रेस क्षेत्रीय समिति नवलपुरले मंसीर ४ गतेको लागि तय भएको संघीय निर्वाचनमा उमेदवार हुन ईच्छुक नेतालाई नाम टिपाउन आग्रह गरेको छ । नवलपुर क्षेत्र नं. १ अन्तर्गत पार्टिको तर्फबाट प्रत्यक्ष र समानुपातिक सांसद पदका लागि उमेदवार हुन इच्छुक सबैले भोलि विहान ११ वजेदेखि दिउसो ४ वजेसम्म नाम टिपाउन भनिएको छ ।

काँग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनद्धारा जारी सूचनामा क्षेत्रीय कार्यालय रजहरमा उपस्थित भै नाम टिपाउन सकिने छ । हालसम्म नवलपुर क्षेत्र नं. १ मा विपी पुत्र शंसाक कोईरालाकाे चर्चा छ । यस पटक पनि हेविवेट नेता मानिएका कोईरालाले ईच्छा गरेकाले उनकै नाममा मात्रै  सहमति कायम गराउने तयारी रहेकाे काँग्रेस स्राेत बताउछ ।  प्रदेश १ (क) मा हालका जिल्ला सभापति महेन्द्रध्वज जिसी, क्षेत्रीय सभापति अमृत भट्टचन,महासमिति सदस्य गोेकुल सापकोटा, विष्णु कुमारी कंडेल,लगायतको चर्चा छ ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। सोही चुनावमा कसलाई उम्मेदवार बनाउने भनेर कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ताहरूबाट आवेदन लिइरहेको हो।कांग्रेस विधानअनुसार कुनै तहको उम्मेदवारको टुंगो उम्मेदवारी दर्ता गर्नुभन्दा एक महिना पहिले नै तय गरिसक्नुपर्छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता असोज २३ मा गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ।

कांग्रेसले विधानअनुसार पनि उम्मेदवारको टुंगो भदौ २२ भित्रै गरिसक्नुपर्छ। यही समय आधार मानेर महामन्त्री गगन थापाले गत भदौ ९ मा मातहत निकायलाई निर्देशन दिँदै क्षेत्रीय कार्यसमिति बैठकहरू गरी उम्मेदवार सिफारिस गरिसक्न भनेका छन्।जसअनुसार प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले इच्छुकहरूबाट आवेदन संकलन गर्ने काम गरिसकेको छ। अब ३३० प्रदेश सभा क्षेत्रीय कार्यसमिति र १६५ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति बैठकबाट उम्मेदवार सिफारिस गर्नुपर्ने विधानकै व्यवस्था छ।

अधिकांश प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले एक-दुई दिनमा उम्मेदवार सिफारिस गर्न बैठक गर्दैछन्। उम्मेदवार हुन आवेदन दिएका कांग्रेसका नेता/कार्यकर्ताको पहिलो खुड्किलो नै क्षेत्रीय कार्यसमिति हो। क्षेत्रीय कार्यसमितिले नै नाम सिफारिस गरिदिएन भने उम्मेदवार हुने सम्भावना कम हुन्छ। विधान मिचेर केन्द्रीय संसदीय बोर्डले टिकट दिन गाह्रो हुन्छ।

उम्मेदवार हुन आवेदन आएका नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरी जिल्लालाई पठाउनुपर्ने हुन्छ। इच्छुकहरूबाट आवेदन लिइसकेपछि प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका बैठक गरी विधानले तोकेको संख्याअनुसार मात्रै उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ। प्रतिनिधि सभातर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न सक्ने अधिकार क्षेत्रीय कार्यसमितिमा छ।

प्रदेश अधिवेशनका प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिबीच संयुक्त बैठक गरेर उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ। ककसलाई उम्मेदवार सिफारिस गर्ने भन्नेमा विवाद भए बहुमतका आधारमा उम्मेदवार सिफारिस गर्न सकिन्छ। उम्मेदवार हुन इच्छुकलाई पहिलाे खुड्किलो क्षेत्रीय कार्यसमिति बैठकको निर्णय हो। क्षेत्रीय कार्य समितिले उम्मेदवारको नाम नै काटछाँट गरिदियो भने उम्मेदवार हुने बाटो लगभग बन्द हुन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology