बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि

NAWALPUR TIMES

बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि
presentation icon sign symbol with teacher vector 25325971

काठमाडौं– बाल विकास कक्षाका शिक्षकहरुको तलब वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत बाल विकास कक्षाका शिक्षकहरुको तलब दुई हजारले वृद्धि गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

केन्द्रय सरकारले ८ हजार उपलब्ध गराउँदै आएकोमा आर्थिक वर्ष २०७९/०८० देखि दुई हजार थप गरेर १० हजार उपलब्ध गराउने गरी वृद्धि गरीएको अर्थ मन्त्रालय स्रोतले खबर एजुकेसनलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार वजेट भाषणमा उल्लेख नगरीए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एक्टिभिटिज भनेर बाल विकास कक्षाका शिक्षकको तलब वृद्धिका लागि एकमुष्ठ रकम राखिएको जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रकम अर्थ मन्त्रालयले कार्यक्रम अन्तर्गत राखेर केन्द्रलाई पठाएको जानकारी दिएको छ । केन्द्रका अनुसार कार्यक्रम अन्तर्गत दुइ हजारले वृद्धि गरी एक मुष्ठ रकम पठाएको र त्यसलाई उल्लेख गरेर पठाइने जनाएको छ । त्यसैगरी विद्यालय कर्मचारीको हकमा के गर्ने भन्ने बारे अर्थ मन्त्रालयमा छलफल भइरहेको समेत स्रोतले जनाएको छ ।

विष्णु पौडेल अर्थ मन्त्री रहँदा गत आर्थिक वर्ष २०७८ /०७९ बाट बाल विकास कक्षाका शिक्षकको तलब वृद्धि गरी न्युनतम तलब १५ हजार पुराएको थियो । त्यसमा ८ हजार केन्द्रय सरकारले र ७ हजार स्थानिय तहले उपलब्ध गराउने गरी तलब वृद्धि गरेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology