बुटवलको मेयरमा कांग्रेसका खेलराज विजयी

NAWALPUR TIMES

बुटवलको मेयरमा कांग्रेसका खेलराज विजयी
inbound2604556024895160769

बुटवल — बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३०,१३० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२,५९७ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology