गोली लागी घाइते भएकी सैनिकको मृत्यु

NAWALPUR TIMES

गोली लागी घाइते भएकी सैनिकको मृत्यु
60de6ce8686f2 dead.jpg1600837666

कपिलवस्तु — कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएका ेछ । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology