बुटवलको प्रहरी हिरासतमा रहेका नेपाली रेटिएको अवस्थामा फेला

NAWALPUR TIMES

बुटवलको प्रहरी हिरासतमा रहेका नेपाली रेटिएको अवस्थामा फेला
butwal police off

रुपन्देही । बुटवलको प्रहरी हिरासतमा रहेका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा भेटिएका छन् ।

तामाको तार चोरीको आरोपमा बुटवलस्थित वडा प्रहरी  कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटीमा चोट लागेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

नेपालीले आत्महत्याको प्रयास गरेको र तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले बताएको छ । तर, नेपालीका आफन्तले प्रहरी हिरासतमा भएको घटनाको छानबिन गर्न माग गरेका छन् । हिरासतमा हतियार पुग्नु शंकास्पद भएको आफन्त मानकुमारी सार्कीले बताइन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology