चितवनमा दुलर्भ एक सिङ्गे गैँडा मृत भेटियो, चालु आर्थिक वर्षमै ३३ गैँडा मरे

NAWALPUR TIMES

चितवनमा दुलर्भ एक सिङ्गे गैँडा मृत भेटियो, चालु आर्थिक वर्षमै ३३ गैँडा मरे
Dead rhino

चितवन । चितवनमा दुलर्भ एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ वनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैँडा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो । गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए । रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology