बुटवलमा १७ जना बन्दकर्ता पक्राउ

NAWALPUR TIMES

बुटवलमा १७ जना बन्दकर्ता पक्राउ
7cbb673da3e32450cdd02b0cf5422bec0ac69d8da8d06116fc693d4eb9b0b0a7.0

बुटवल । बुटवलबाट १७ जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार उनीहरु बुटवलको बसपार्क वाट पक्राउ परेका हुन् ।प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, बिरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology