नवलपुर – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ । ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आउनुभएका वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने ५० वर्षीय गणेश परियारको ज्यान गएको हो ।
ज्याला मजदुरी गर्दै आउनुभएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिनुभएकाे थियाे । बेहोस अवस्थामा रहेका उहाँलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिनुभएका परियारलाई पनि उपचारका लागी जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रकाशित : २०७८ माघ २२ गते १९:१८
Facebook Comment