नवलपुरमा कोरोनाको ग्राफ उकालो लाग्दै, शनिबार ५२ जनामा संक्रमण

NAWALPUR TIMES

नवलपुर । नवलपुरमा कोरोनाको ग्राफ उकालो लागेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

शनिबार गैंडाकोटमा ३ , देवचुलीमा ९, कावासोतीमा ३२, मध्यविन्दुमा ६ विनयी त्रिवेणीमा १ र जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जिल्लामा सबै भन्दा धेरै सक्रिय संक्रमित कावासोती नगरपालिका रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कावासोतीमा ११३ जना, मध्यविन्दु र विनयी त्रिवेणीमा २७/२७ जना सक्रिय संक्रमित रहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology