सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

NAWALPUR TIMES

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक
Bhoot mela kamala River

काठमाडौं: सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो। त्यस्तै सरकारले देशभरिको विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

 

 

 

त्यस्तै राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology