चोरमारा बजारमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ

NAWALPUR TIMES

चोरमारा बजारमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ
oooo.2021 12 26 07 07 49

नवलपुर । नवलपुरको चोरमारा बजारमा गएराति फेन्सी पसलमा चोरी गर्दा गर्दै दुई जना चोर पक्राउ परेका छन् ।

स्थानीय बासिन्दाका अनुसार गएराति मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा रहेको विष्णु काफ्लेको फेन्सी पसलमा चोरी गर्ने क्रममा दुई जना चोर पक्राउ परेको हो ।

चोरमारा बजारमा गस्तीमा रहेको चोरमारा बेस क्याम्पका टोली र प्रहरी चौकी चोरमाराको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी १७ बर्षीय विशाल कुमाल र नवलपुरको हुप्सेकोट गाउँपालिका ३ निवासी मिलन राना रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाही अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology